
प्रिमियर लिग अन्तर्गत आइतवार भएको खेलमा टोटनहम हट्सपर र आर्सनल विजयी भएका छन्।
एएफसी बर्नमाउथलाई ४-१ ले पराजित गरेको टोटद्दहम लिभरपुललाई पछि पार्दै तेस्रो स्थानमा उक्को छ। अर्को खेलमा आर्सनलले वाटफोर्डलाई ३-० ले हरायो।
घरेलु मैदान बर्नमाउथले पहिले गोल गर्दै अग्रता लिएपनि हेन मिन सनले दुई गोल गरेपछि टोटनहमले सहजै जित हात पार्यो।
खेलको सातौँ मिनेटमै जुनियर स्टानिसलासले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए। ३७औँ मिनेटमा डेले अलीले टोटनहमका लागि बराबरी गोल फर्काए। मिन सनले ६२औँ र ८७औँ मिनेटमा गोल गरे। सर्जि अरिएरले अन्तिम समयमा गोल गर्दै टोटनहमलाई ४-१ को जित दिलाए।
जितपछि टोटनहमले ३० खेलबाट ६१ अंक जोडेको छ। समान खेलबाट ६० अंक रहेको लिभरपुल चौथो स्थानमा झरेको छ। लिभरपुल अघिल्लो दिन म्यानेचष्टर युनाइटेडसँग पराजित भएको थियो।
उता छैटौँ स्थानमा रहेको आर्सनलले वाटफोर्डलाई हराउँदै शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ। घरेलु मैदान एमिरेट्स स्टेडियममा आर्सनललाई जिताउन स्क्रोदान मुस्ताफी, पिएरे एमरिक औवामेयाङ र हेनरिख मखितर्यानले एक-एक गोल गरे।
वाटफोर्डले पेनाल्टीको मौका पाएपनि ट्रो डिनेको पेनाल्टी आर्सनलका गोलरक्षक पिटर चेकले बचाएका थिए।