PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

भीमदत्त नगरपालिकको नगरसभाबाट तीन एेन पारित



पहिलोपोस्ट

भीमदत्त नगरपालिकको नगरसभाबाट तीन एेन पारित
Photo: Manas Khanda Daily.

कञ्चनपुरः भीमदत्त नगरपालिकाको दोस्रो नगर सभाबाट तीन ऐन पारित गरेको छ। 

नगरसभाले नगरपालिकालार्इ रूपान्तरणको बाटोमा लैजाने प्रतिवद्धता जारी गर्दै अावश्यक एेनहरू पारित गर्ने निर्णय गरेको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । 

दोस्रो नगर सभाबाट सहकारी ऐन, आर्थिक ऐन र प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन पारित गरिएको उनले जानकारी दिए। 

यसअघि पहिलो नगर सभाबाट पारित ऐनहरू स्थानीय राजपत्रमा प्रकाशित भइसकेका छन्। 

'नगर सभामा अहिलेसम्मको विकास निर्माणको समीक्षा गर्‍यौँ, विगतका कमजोरी सच्याउँदै भीमदत्तको रुपान्तरण र परिवर्तनका लागि सबैले सामूहिक रुपमा लाग्ने कुरा भयो,' नगर प्रमुख विष्टले भने। 

नगर सभामा आगामी तेस्रो नगर सभामा पेश हुने नीति तथा कार्यक्रमसम्बन्धी छलफल गरिएको छ। 

नगर सभाले विभिन्न ६ वटा विषयत समिति पुनः गठन र पशु सेवाअन्तर्गत छुटेको बजेट थप गर्ने अधिकार नगर कार्यपालिकालाई दिएको छ। नगर कार्यपालिका (कार्य सम्पादन नियमावली) का आधारमा वडाध्यक्षको संयोजकत्वमा तीनदेखि ६ सदस्यीय समिति गठन गरिएका छन्। 

यसैगरी नगर सभाबाट नगर सभा सञ्चालनका लागि आवश्यक कर्मचारीलाई सभाकक्षमा रहन अनुमति दिने निर्णय गरिएको छ। नगरपालिकाका सबै वडामा एक-एकसहित २७ जना नगर प्रहरीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell