PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

राष्ट्रियसभा अध्यक्षको मनोनयन आज



पहिलोपोस्ट

राष्ट्रियसभा अध्यक्षको मनोनयन आज

काठमाडौंः  राष्ट्रिय सभा अध्यक्षका लागि अाज मनोनयन दर्ता हुँदै छ। मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ।

दिउँसो साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ। 

एमाले र माओवादीबीच राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ। सोही अनुसार एमालेले अध्यक्षको उम्मेदवार छनोटका लागि गृहकार्य अगाडि बढाएको छ। 

५९ सदस्यीय राष्ट्रियसभाको अध्यक्षका लागि नेकपा एमालेले पर्शुराममेघी गरुङ र गणेश तिमिल्सिना मध्ये एकलाई उम्मेदवार बनाउने सम्भावना छ।

यता सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलले भने भोट हाल्न पाउने छैनन्। 

उनीहरुको शपथअघि नै मतदाताहरुको अन्तिम नामावली सार्वजनिक भइसकेका थियो। 

खतिवडा, बिडारी र पौडेलले बिहीबारमात्रै शपथ लिएका थिए। त्यसको एक दिन अगाडि नै मतदाता नामावली प्रकाशित गरिएको थियो। नामावलीमा उनीहरूको नाम छैन्। 

राष्ट्रियसभामा एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई-दुई सदस्य रहेका छन्। 

राष्ट्रियसभा अध्यक्षको निर्वाचन बुधबार ३० गते हुने कार्यसूची रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell