PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

राष्ट्रिय सभाको अध्यक्षमा एमालेका गणेश तिमिल्सिनाले उम्मेदवारी दिँदै



पहिलोपोस्ट

राष्ट्रिय सभाको अध्यक्षमा एमालेका गणेश तिमिल्सिनाले उम्मेदवारी दिँदै

काठमाडौं: नेकपा एमालेले राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवारमा गणेश तिमिल्सिनाको नाम सिफारिस गरेको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनको नाम सिफारिस गरेको हो। केही बेरमै तिमिल्सिना नयाँ बानेश्वरस्थित संघीय संसदको भवनमा पुग्दैछन्। मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ।

दिउँसो साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ। एमालेबाट अध्यक्षका लागि पर्शुराम मेघी गुरुङ र खिमलाल भट्टारईको चर्चा थियो।

वाम गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्ष एमालेको भागमा परेको छ। फागुन ३० गते निर्वाचन हुने छ। 

को हुन् तिमिल्सिना?

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तिमिल्सिना प्रदेश ४ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्। 

विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेका तिमिल्सिना पञ्चायती सरकार विरुद्ध विद्रोह गर्दा ४ वर्ष जेल परेका थिए। जेलमै रहँदा उनको भेट हालका प्रधान मन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कम्युनिष्ट नेता हितकाजी गुरुङसँग भयो। त्यसपछि उनी कम्युनिष्ट आन्दोलनमा झन् सक्रिय भए। 

२०४६ सालमा उनी जेलबाट छुटेपछि प्रजातन्त्र बहालीको आन्दोलनमा पुनः सक्रिय भए। नेकपा एमालेको छैटौँ महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका उनी त्यसपछि पार्टी राजनीतिमा पछाडि फर्किनु परेको छैन। 

नवौँ महाधिवेशनबाट एमालेको पोलिटव्यूरो सदस्यमा निर्वाचित भएका उनी २४ माघमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश ४ बाट निर्वाचित भएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell