PahiloPost

Jun 15, 2026 | १ असार २०८३

वर्ल्डकप क्वालिफायर : हङकङले टस जित्यो, नेपालले पहिले फिल्डिङ गर्दै



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : हङकङले टस जित्यो, नेपालले पहिले फिल्डिङ गर्दै

काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र हङकङ भिड्दैछन्।

बुलावायोस्थित क्वीन्स स्पोर्ट्स क्लबमा हङकङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। 

समूह बी मा लगातार ३ खेल हारेर नेपाल पहिलो जितमा खोजीमा छ। उता नेपाल विरुद्ध जित हात पार्दै हङकङ सुपर सिक्स पुग्ने योजनामा छ।

हङकङ नेपाललाई हराउँदै सुपर सिक्स पुगे वान डे मान्यता जोऊाउने छ। नेपालले हङकबङलाई सामान्य अन्तरमा पराजित गरे अफगानिस्तान समूह बी बाट तेस्रो टोलीको रुपमा सुपर सिक्स पुग्नेछ।

ठुलो अन्तरमा हङकङलाई पराजित गर्न सके मात्र नेपालको सुपर सिक्स पुग्ने सम्भावना रहन्छ।

 

नेपाली क्रिकेटको भविष्यसँग जोडिएको खेल (नेपाल vs हङकङ)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell