PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

सभामुख महरालाई चिनियाँ संसदका अध्यक्षले पठाए शुभकामना सन्देश



पहिलोपोस्ट

सभामुख महरालाई चिनियाँ संसदका अध्यक्षले पठाए शुभकामना सन्देश

काठमाडौँः सभामुख कृष्णबहादुर महरालाई चाइना नेसनल पिपुल काँग्रेसका स्थायी समिति अध्यक्ष झ्याङ देज्याङले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। 

अध्यक्ष झ्याङले सभामुख महरालाई पत्र पठाएर प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचत भएकोमा बधाई व्यक्त गर्दै शुभकामना दिएका हुन्। 

अध्यक्ष झ्याङको सन्देश लिएर नेपालका लागि चिनियाँ राजदूत यु होङले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पुगेकी थिइन्। 

आज सभामुख महरालाई शिष्टाचार भेट गर्दै होङले अध्यक्ष झ्याङको शुभकामना पत्र हस्तान्तरण गरेको महराका स्वकीय सचिव राहुल महराले जानकारी दिए। 

भेटमा नेपाल–चीनबीचको सम्बन्धलाई अझ सुदृढ गर्दै लैजाने विषयमा छलफलसमेत भएको उनले जानकारी दिए। 

सभामुख महरा र राजदूत होङबीच दुई देशबीचको संसदीय अनुभवलाई आदानप्रदान गर्दै अगाडि बढ्ने र दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको स्वकीय सचिव महराले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell