PahiloPost

Jun 15, 2026 | १ असार २०८३

भारतमा रेलबाट खसेर एक नेपालीको मृत्यु



पहिलोपोस्ट

भारतमा रेलबाट खसेर एक नेपालीको मृत्यु

रुपन्देहीः रोजगारीका लागि भारतको चेन्नाई पुगेका एक नेपालीको रेलबाट खसेर मृत्यु भएको छ। रुपन्देही कञ्चन गाँउपालिका–५ गरगरेका ४५ वर्षिया दुर्गादत्त बास्तोलाको राप्तीसागर एक्सप्रेसबाट चेन्नाई जाने क्रममा रेलबाट खसेर मृत्यु भएको मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका प्रतिनिधि महेन्द्र बस्यालले जानकारी दिए। 

दुर्घटनामा मृत्यु भएका उनको भारतमै दाहसंस्कार गरिएको छ। समाजका प्रतिनिधि र रोजगकारीका लागि भारतमै रहेका उनका दाजु टिकाराम बास्तोला, जेठा छोरा पिताम्बर बास्तोला र आफन्त शिव बास्तोलाको पनि उपस्थितिमा उनको दाहसंस्कार गरिएको समाजले जनाएको छ। 

‘वेइटिङ लिस्ट’को टिकट लिएर यात्री कोचमा यात्रा गरिरहेका उनी तेलंगाना राज्यको मञ्चेरियाल र रामगुन्डमको बिचमा गत बुधबार गुडिरहेको रेलबाट खसेको साथैमा रहेका उनका साथी गोपालले जानकारी दिए। 

रेलबाट खसेका बास्तोलालाई रेल्वे पुलिसले गोदावरी खानीको सरकारी अस्पतालको राखेको थियो। 

मूल प्रवाहका प्रतिनिधि मण्डल पुगेपछि पोस्टमार्टम गरी दाहसंस्कार गरिएको थियो। समाजले मृतकका आफन्तलाई उचित क्षतीपूर्ती दिन समेत माग गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell