PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

इरानमा विमान दुर्घटना हुँदा ११ को मृत्यु



पहिलोपोस्ट

इरानमा विमान दुर्घटना हुँदा ११ को मृत्यु

काठमाडौँः संयुक्त अरब इमिरेटबाट स्तानबुलका लागि उडेको एक निजि विमान इरानमा दुर्घटना भएको छ। इरानको सरकारी टेलिभिजनले दुर्घटनामा ११ जनाको मृत्यु भएको जनाएको छ। 

खराब मौसमका कारण विमान जगरोसा पहाडमा ठोक्किएको थियो। इमिरेटबाट उडान भरको विमान ४०० किलोमिटर पर ए–कोर्दमा दुर्घटना भएको थियो। 

विमानमा ८ जना यात्रु र चालकदलका तीन सदस्य रहेका थिए। 

इरानको नागरिक उड्डयन संगठनका प्रमुख रजा जफरजादेहले दुर्घटनाको पुष्टि गर्दै कारण खुल्न नसको जनाएका छन्। 

विमानमा युवा तथा महिलाहरुको समूह सवार थियो। विमान दुर्घटनापछि जलेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell