PahiloPost

Jun 15, 2026 | १ असार २०८३

'अफ रुट'बाट ओर्लिँदा विमान दुर्घटना: किन रुट बाहिरबाट ल्यान्ड? अनुसन्धान थालिँदै



पहिलोपोस्ट

'अफ रुट'बाट ओर्लिँदा विमान दुर्घटना: किन रुट बाहिरबाट ल्यान्ड? अनुसन्धान थालिँदै

काठमाडौं : त्रिभुवन अन्तर्रार्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरक बाटोबाट अवतरण गर्न खोजिएको पाइएको छ।

६७ यात्रुसहित ७१ सवार रहेको उक्त विमान रुटभन्दा बाहिरबाट आएर अवतरण गरिएको देखिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।

विमान किन रुट बाहिर गयो यसबारेमा अनुसन्धान गरिने उनले बताए।

दुर्घटनामा परेका यात्रुलाई अहिले सेना, प्रहरीले एम्बुलेन्समार्फत केएमसी र सिभिल अस्पतालमा उपचारका लागि ल्याइँदै छ। यतिबेला विमानस्थल बन्द गरिएको छ। रनवेबाट बाहिरिएको विमान २स् २० मा दुर्घटनाग्रस्त भएको थियो।

एम्बुलेन्स तथा हेलिकप्टरबाट पनि घाइतेलाई उपचारका लागि अस्पताल लगिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell