PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

वर्ल्डकप क्वालिफायर : हङकङले दियो नेपाललाई १५४ रनको लक्ष्य



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : हङकङले दियो नेपाललाई १५४ रनको लक्ष्य

काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई जितका लागि १५५ रनको लक्ष्य दिएको छ।

बुलावायोस्थित क्वीन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८.२ ओभरमा अलआउट हुँदै १५४ रन बनाएको हो। हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४७ रन बनाए।

यस्तै एहसान खानले २५, कप्तान बाबर हायतले २०, एहसान नवाजले १३ तथा तनविर अफजलले १० रन जोडे।  बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले २-२ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले ४ मेडन राख्दै १७ रन खर्चेर ३ विकेट लिएका हुन्। यस्तै बसन्तले १० ओभर बलिङ गर्दा ४ मेडन राख्दै २४ रन खर्चे। सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट झारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell