काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भएको विमान दुर्घटनामा परी उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) ल्याइएकामध्ये ८ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।
विमानस्थलबाट सबैभन्दा नजिक रहेको अस्पताल केएमसीमा २५ जना घाइते ल्याइएको थियो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत डम्बर उप्रेतीले ल्याइएकामध्ये ८ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। उनले १७ जनाको उपचार भइरहेको जानकारी दिए। घाइतेहरुको अवस्था गम्भीर रहेको उनले बताए।
सम्बन्धित समाचार: