
काठमाडौं : जिम्बावेमा भइरहेको आइसीसी क्रिकेट वर्ल्डकपको सुपर सिक्स पुग्ने सबै ६ टोलीको टूङ्गो लागेको छ। समूह चरणका सबै खेल सकिएपछि ६ टोलीको छिनोफानो भएको हो।
समूह ए बाट घरेलु टोली जिम्बावे, स्कटल्याण्ड र अफगानिस्तान क्रमश: पहिलो, दोस्रो र तस्रो हुँदै सुपर सिक्स पुगेका हुन्।
यस्तै समूह बी बाट वेष्ट इन्डिज, आयरल्याण्ड र युएई क्रमश: पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्स पुगेका हुन्।
समूह चरणको अन्तिम चरणको खेलमा समूह बी अन्तर्गत जिम्बावे र स्कटल्याण्डले बराबरी खेल्दा नेपालले हङकङलाई ५ विकेटले हरायो। यस्तै समूह ए अन्तर्गत वेष्ट इन्डिजले डिएल मेथडमा नेदरल्याण्ड्सलाई ५४ रनले पराजित गर्दै शीर्ष स्थान हात पार्यो। यस्तै आयरल्याण्डले युएईलाई डिएल मेथडमा २२६ रनले पराजित गर्यो।
अब समूह ए को टिमले समूह बी का टोलीसँग खेल्नेछन् भने समूह बी का टोलीले समूह ए मा टोलीसँग सुपर सिक्स चरणमा खेल्नेछन्।
यसमा शीर्ष दुई स्थान हात पार्ने टोली फाइनल पुग्दै सन् २०१९ को वर्ल्डकपका लागि छनोट हुनेछन्।
सुपर सिक्समा पुग्नेमध्ये जिम्बावे र स्कटल्याण्डको ३/३ अंक जोडिनेछ भने अफगानिस्तानको कुनै अंक जोडिनेछैन। यस्तै वेष्ट इन्डिजको ४, आयरल्याण्डको २ अंक जोडिनेछ भने युएईको पनि कुनै अंक जोडिने छैन।
यसैगरी सुपर सिक्स पुग्न असफल नेदरल्याण्ड्स, पपुवा न्यूगिनी, नेपाल र हङकङले सातौँ स्थानमा पुग्नका लागि प्लेअफ खेल्नेछन्। समूह ए मा चौथो बनेको नेदरल्याण्ड्सले समूह बी को पाँचौ हङकङ तथा समूह ए को चौथो नेपालले समूह बी को पाँचौ पपुवा न्यू गिनीसँग पहिलो प्लेअफ खेल्नेछन्। त्यसमा विजयी हुनेले सातौँ स्थानका लागि प्लेअफ खेल्नेछन् र पराजित हुने दुई टोली डिभिजन टू मा झर्नेछन्। यदी नेदरल्याण्ड्स हङकङसँग पराजित भए आठौँ हुने टोली पनि डिभिजन टू मा झर्नेछ। नेदरल्या०डको वान डे स्ट्याटस पक्का भइसकेका कारण उ डिभिजन टू मा झर्नेछैन। बाँकी तीन टिममध्ये उत्कृष्ट स्थान हात पार्ने एक टिमले वान डे स्ट्याटस पाउनेछ। यस्तै सुपर सिक्स पुगिसकेका दुई एसोसिएट राष्ट्र स्कटल्याण्ड र युएईले भने वान डे मान्यता हात पारिसकेका छन्।