PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

प्रिमियर लिग : डेभिड शिल्भाको दुई गोलमा म्यानचेष्टर सिटी विजयी, च्याम्पियन बन्न ९ अंक आवश्यक



पहिलोपोस्ट

प्रिमियर लिग : डेभिड शिल्भाको दुई गोलमा म्यानचेष्टर सिटी विजयी, च्याम्पियन बन्न ९ अंक आवश्यक

लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि यात्रा थप मजबुत बनाउने क्रममा गएराती स्टोटक सिटीलाई २-० ले पराजित गरेको छ। सिटीका लागि दुवै गोल डेभिड शिल्भाले गरे।

जितपछि सिटीले छिमेकी म्यानचेष्टर युनाइटेडमाथि १६ अंकको अग्रता कायम गरेको छ। ३० खेलबाट ८१ अंक जोड्दै सिटी शीर्ष स्थानमा आसिन रहदा समान खेलबाट ६५ अंक रहेको युनाइटेड दोस्रोमा। लिगमा अब ८ खेल मात्र बाँकी रहदा सिटीले उपाधि जित्न ९ अंक मात्र जोडेपनि पर्याप्त हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell