PahiloPost

Jun 15, 2026 | १ असार २०८३

प्रधानन्यायाधीश पराजुलीले तोके इजलास, चोलेन्द्रलाई मुद्दा दिइएन



पहिलोपोस्ट

प्रधानन्यायाधीश पराजुलीले तोके इजलास, चोलेन्द्रलाई मुद्दा दिइएन

काठमाडौँः प्रधानन्यायाधीश गोपाल पराजुलीले दैनिक पेशी तोकेका छन्। सर्वोच्चकै न्यायाधीश चोलेन्द्र शमशेर जवराले प्रधानन्यायाधीश पराजुलीले गत साउन २१ मै अवकाश पाइसकेको भन्दै राय व्यक्त गरेको भोलिपल्ट पराजुलीले इजलास तोकेका हुन्। न्यायाधीश जवरालाई भने पराजुलीले इजलास तोकेका छैनन्। 

जवराको रायपछि सोमबार अधिकांश न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीलाई विदामा बस्न सुझाव दिएका थिए। तर, पराजुलीले मंगलबार आफूसहितको बेञ्च गठन गरेका छन्। 

आज पूर्ण बाहेक दश इजलास गठन गरिएका छन्। पराजुलीले आफूसँग न्यायाधीश तेजबहादुर केसीलाई इजलासमा राखेका छन्। 

सुनुवाइ जारी रहेको डा गोविन्द केसी र कान्तिपुर पव्लिकेशनविरुद्धको अपहेलना मुद्दाको बाँकी प्रक्रिया भने अन्योलमा परेको छ। सर्वोच्चले यसअघि नियमित सुनुवाइ जारी राखेको उक्त मुद्दा पेशी चढाएको छैन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell