PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

काठमाडौँको विमान दुर्घटनापछि सिंगापुर भ्रमण छोट्याएर स्वदेश फर्किँदै बंगलादेशकी प्रधानमन्त्री



पहिलोपोस्ट

काठमाडौँको विमान दुर्घटनापछि सिंगापुर भ्रमण छोट्याएर स्वदेश फर्किँदै बंगलादेशकी प्रधानमन्त्री
Photo: Daily Star.

काठमाडाैँः  राजधानीमा सोमबार भएको विमान दुर्घटनाले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको सिंगापुर भ्रमण छोट्टिएको छ। 

अाइतबार चार दिनको राजकीय भ्रमणका लागि सिंगापुर पुगेकी उनी अाज मंगलबार नै स्वदेश फर्किँदै छन्। 

सोमबार बंगलादेशबाट काठमाडाैँका लागि अाएको युएस-बंगला विमान दुर्घटनापछि प्रधानमन्त्री हसिनाले अाफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किन लागेको ढाका ट्रिव्यूनले जनाएको छ।

उनी बुधबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको थियो। 

यसैबीच सोमबार नै प्रधानमन्त्री हसिनाले नेपालका प्रधानमन्त्री केपी शर्मा अोलीसँग टेलिफोन वार्ता गरेकी थिइन्। 

वार्ताका क्रममा बंगलादेशी प्रधानमन्त्रीले प्रधानमन्त्री अोलीलार्इ उद्दारमा देखाएो तदारूकता प्रति अाभार व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। 

वार्तामा नेपाललार्इ अावश्यक सहयोग उपलब्ध गराउने समेत बताएकी थिइन्। उनले सहयोगका लागि बंगलादेशबाट टोली पठाउने बताएकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell