
काठमाडौँः सोमबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका बंगलादेशका नागरिक तथा घाइतेहरूका अाफन्तहरू नेपाल अाउन लागेका छन्।
दी डेली स्टारले त्यहाँको विमानस्थल स्रोतलाइर् उल्लेख गर्दै मृतक तथा घाइतेका अाफन्त बोकेको युएस-बंगलाको विमान नेपालका लागि उडेको जनाएको छ।
विमानमा ४६ जना रहेको र सबै मृतकका अाफन्तहरू भएको समाचारमा उल्लेख छ।
सोमबार युएस-बंगला विमान दुर्घटनामा मारिएका ४९ जना मध्ये २६ जना बंगलादेशी नागरिक रहेका छन्।