PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

विवेकशील साझाद्वारा राष्ट्रपतिको निर्वाचन बहिस्कार



पहिलोपोस्ट

विवेकशील साझाद्वारा राष्ट्रपतिको निर्वाचन बहिस्कार

काठमाडौं: विवेकशील साझा पार्टीले राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने भएको छ।

तीन प्रदेश सदस्य रहेको पार्टीले संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ नदेखिएको भन्दै मत नहाल्ने प्रदेश ३ का पार्टीका संसदीय दलका नेता रमेश पौडेलले जानकारी दिए।

प्रमुख दल वा तीनका गठवन्धनले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रपति, उपराष्ट्रपति पदमा राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुको सट्टा आफ्नो दल र त्यस भित्र पनि निश्चित गुटको सन्तुलनलाई ध्यान दिई उमेदवार तय गर्ने परिपाटी विकसित भएको भएको उक्ता पार्टीको आरोप छ।

पार्टीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'विवेकशील साझा पार्टी, संसदीय दलले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ।'

अाज  बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell