PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडौंमा: साढे पाँच बजे 'ब्रिफिङ'



पहिलोपोस्ट

बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडौंमा: साढे पाँच बजे 'ब्रिफिङ'

काठमाडौं: सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश नागरिक उड्डयनमन्त्रीसहित १७ जनाको टोली काठमाडौं आइपुगेका छन् । 

त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार बंगलादेशको पर्यटन मन्त्री, लगायतका उच्च पदाधिकारी आज २:१५ मा विमानस्थल आइपुगेका हुन्।

क्षेत्रीले भने, 'आज साढे पाँच बजे होटल याक एण्ड यतिमा बंगलादेशको मन्त्रीस्तरीय टोलीलाई दुर्घटनासम्बन्धी  ब्रिफिङ  गर्नेछौँ।Ú
बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आइपुगेका हुन्।' 

गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन्। दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए। 

बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell