PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

डा केसीको अनशन स्थगित : माग पूरा नभए ४ गतेबाट बस्ने



पहिलोपोस्ट

डा केसीको अनशन स्थगित : माग पूरा नभए ४ गतेबाट बस्ने

काठमाडौं : दुई बुँदे माग राखेर २९ गतेबाट अनशन बस्ने तय गरेका प्राध्यापक डाक्टर गोविन्द केसीले तत्कालका लागि अनशन स्थगित गरेका छन्। विमान दुर्घटनामा परेका परिवारप्रति श्रद्धाञ्जलि दिँदै उनले अनशन स्थगित गरेका हुन्।
 
प्रेस विज्ञप्ति जारी गर्दै केसीले चैत चार गतेसम्म माग पूरा नगरे अनशन बस्ने जनाएका छन्।

यी हुन् डा केसीका माग

१) न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने, न्यायालयको मर्यादा गिराउने, सिंगो न्यायालयलाई आफ्नो स्वार्थको बन्धक बनाउने तथा लोकतान्त्रिक संविधानको मर्ममा प्रहार गर्दै मिडियामा सेन्सरसीप लगाउन प्रयास गर्ने प्रधान न्यायाधीश गोपाल पराजुलीबाट तत्काल राजीनामा दिइयोस्, नदिएको अवस्थामा तत्काल महाभियोगको प्रक्रियाबाट उनलाई पदबाट हटाएर उनीमाथि कानुनी छानबिन र कारवाही गरियोस्। 

२) चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषी ठहर्‍याइएका पदाधिकारीलाई तत्काल आयोगको सिफारिश बमोविम कारवाही गरियोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell