काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर पछि नेपाली राष्ट्रिय क्रिकेट टोली हरारे पुगेको छ। जिम्बावेको बुलावायोमा समूह चरणका खेलपछि नेपाली टोली मंगलवार हरारे पुगेको जिम्बावेबाट प्रशिक्षक जगत टमाटाले पहिलोपोस्टलाई बताए।
नेपालले समूह चरणका चार खेल बुलावायोस्थित क्वीन्स स्पोर्ट्स क्लब र बुलावायो एथ्लेटिक क्लबमा खेलेको थियो।
अब नेपालले प्ले अफ खेल हरारेस्थित ओल्ड हरारियन्स स्पोर्ट्स क्बलमा खेल्नेछ। नेपाल र पपुवा न्यू गिनी बीच क्रस प्लेअफ बिहीवार हुँदैछ।
उक्त खेलमा विजयी भए सातौँ स्थानका लागि प्ले अफ खेल क्वेक्वेमा हुनेछ। पराजित भए नवौं स्थानका लागि ओल्ड हरारियन्स क्लबमै खेल हुनेछ।
प्रशिक्षक टमाटाले अब अगाडि बढ्नका लागि राम्रो क्रिकेट खेल्नुपर्ने बताए।
जिम्बावे जानुअघि प्रधान मन्त्री केपी शर्मा ओलीले नेपाली खेलाडीलाई बिदाई गर्दै 'हरारेमा ठूला मान्छे देखेर डराउनुपर्दैन, राम्रो खेलेर, जितेर आउनुस्' भनेका थिए। नेपालले सुरुको ४ खेल हरारेमा खेल्न नपाए पनि अबका महत्वपूर्ण खेल भने खेल्दैछ।