PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

राष्ट्रपतिमा राष्ट्रपति विद्या भण्डारी नै निर्वाचित



पहिलोपोस्ट

राष्ट्रपतिमा राष्ट्रपति विद्या भण्डारी नै निर्वाचित
फाइल फोटो

काठमाडौं: आज भएको राष्ट्रपतिको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन्।

नेपाली कांग्रेसकी उम्मेद्वार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै भण्डारीले दोस्रोपटक आफ्नो कार्यकाल सुरक्षित गरेकी हुन्। 

भण्डारीले ३९ हजार २७५ र राईले ११ हजार ७३० मतभार प्राप्त गरे।

भण्डारी यसअघि २०७२ कातिक ११ मा भएको निर्वाचनमा नेपाली कांग्रेसकै कुलबहादुर गुरुङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell