PahiloPost

Jun 15, 2026 | १ असार २०८३

विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा नेविसंघद्वारा दीप प्रज्वलन



पहिलोपोस्ट

विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा नेविसंघद्वारा दीप प्रज्वलन

काठमाडौं: नेपाल विद्यार्थी संघले मंगलबार साँझ माइतीघर मण्डलामा सोमबार विमान दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन गरेको छ।

नेविसंघका अध्यक्ष नैनसिंह महरलगायतले मण्डलामा उपस्थित भएर मृतकको आत्मशान्तिको लागि प्रार्थना गर्दै दीप प्रज्वलन गरेको प्रवक्ता प्रेमराजा जोशीले जनाए।

सोमबार बंगलादेशबाट काठमाडौं आउँदै गरेको युएस बंगला एअरको विमान अवतरणको क्रममा दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो। विमानमा चालक दलका सदस्यसहित ७१ सवार थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell