PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

इजलास बहिष्कार गरेका न्यायाधीशलाई मुद्दा तोकियो, जबरालाई आज पनि मुद्दा दिइएन



पहिलोपोस्ट

इजलास बहिष्कार गरेका न्यायाधीशलाई मुद्दा तोकियो, जबरालाई आज पनि मुद्दा दिइएन

काठमाडौँः प्रधानन्यायाधीश गोपाल गराजुलीले इजलास बहिष्कार गरेका आठ न्यायाधीशलाई पनि मुद्दा तोकेका छन्। पूर्ण इजलासका अतिरिक्त सर्वोच्चमा आज पनि दश इजलास गठन भएका छन्। यसअघि गत सोमबार फरक रायसहित इजलास नबस्ने घोषणा गरेका न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मुद्दा तोकिएको छैन।

मंगलबार इजलास बहिष्कार गरेका न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलास तोकिएको छ।

बहिष्कार गरेका न्यायाधीशको संयुक्त इजलास गठन भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell