PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

च्याम्पियन्स लिग : घरेलु मैदानमै सेभियासँग हारेपछि म्यानचेष्टर युनाइटेड बाहिरियो



पहिलोपोस्ट

च्याम्पियन्स लिग : घरेलु मैदानमै सेभियासँग हारेपछि म्यानचेष्टर युनाइटेड बाहिरियो

इंगलिस क्लब म्यानचेष्टर युनाइडेड युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलबाट बाहिरिएको छ।

प्रिक्वाटरफाइनल दोस्रो लेगको खेलमा सेभियासँग २-१ ले पराजित भएपछि युनाइटेड बाहिरिएको हो। पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो।

सेभियालाई क्वाटरफाइनलमा पुर्‍याउन वैकल्पिक खेलाडी विसम बेन येडरले दुई गोल गरे। ७२औँ मिनेटमा लुइस मुरियलको स्थानमा मैदान प्रवेश गरेका येडरले ७४औँ र ७८औँ मिनेटमा गोल गरे।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा रोकेलु लुकाकुले ८४औँ मिनेटमा एक गोल फर्काएपनि युनाइटेडले हार टार्न सकेन।

उता युक्रेनको साख्तर डेनस्कलाई दोस्रो लेगमा १-० ले पराजित गरेको रोमा अवे गोलको आधारमा क्वाटरफाइनल पुगेको हो।

डेनेस्कको मैदानमा भएको पहिलो लेग रोमाले २-१ ले हरेको थियो तर घरेलु मैदानमा भएको दोस्रो लेग १-० ले जित्दै समग्रमा २-२ को बराबरी नतिजा निकालेको रोमा पहिलो लेगमा गरेको अवे गोलका कारण भाग्यमानी बन्यो।

यसअघि नै स्पानिस क्लब रियल मड्रिड, इंग्लिस क्लबद्वय लिभरपुल र म्यानचेष्टर सिटी तथा अर्को इटालियन क्लब युभेन्ट्स अन्तिम आठमा पुगिसकेका छन्। अर्को इंगलिस क्लब टोटनहम भने प्रिक्वाटरफाइनलबाटै बाहिरिएको थियो।

अब प्रिक्वाटरफाइनल अन्तर्गत बुधवार चेल्सी र बार्सिलोना तथा वायर्न म्युनिख र बेसिकटास बीच खेल हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell