PahiloPost

Jun 15, 2026 | १ असार २०८३

पत्रकार महासंघ युकेको अधिवेशन मे १९ मा 



पहिलोपोस्ट

पत्रकार महासंघ युकेको अधिवेशन मे १९ मा 

लण्डनः नेपाल पत्रकार महासंघ युके शाखाको चौथो अधिवेशन मे १९ मा हुने भएको छ।  

शाखाको शनिबार फार्नब्रोमा बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले अधिवेशनमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्ने निर्णय गरेको छ। 

बैठकले नयाँ सदस्यताका लागि प्राप्त आवेदनमध्ये सर्वसम्मतरुपमा २० जनालाई सदस्यताका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ।

जसअनुसार मञ्जु भण्डारी खरेल, डा. नरेशचन्द्र राई, खुमबहादुर (कुमार) केसी, भूमिराज राई, गुणदेव घिमिरे, सुमलकुमार गुरुङ, जगन्नाथ (जनक) कार्की, ओमप्रसाद थापा काउचा, प्रकाश अर्याल, जानुका काम्बाङ लिम्बु, रुद्र ढकाल, भीमल राई, हेमन्त राज पौडेल, बिसन गुरुङ, खेमराज रानाभाट, बमबहादुर थापा, जयराम तामाङ, शंकर श्रेष्ठ, प्रकाश गुरुङ र लालबहादुर पुन रहेका छन्। 

शाखाले अधिवेशनका अवसरमा युकेमा रहेका अग्रज पत्रकारहरुलाई सम्मान गर्ने निर्णय समेत गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell