PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रदेश ५ का गृहमन्त्री केसीले ल्याए ‘अन द स्पट’ कारबाही अभियान



चन्द्रकान्त खनाल

प्रदेश ५ का गृहमन्त्री केसीले ल्याए ‘अन द स्पट’ कारबाही अभियान

रुपन्देहीः प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले ‘अन द स्पट कारबाही’ अभियान शुरु गरेका छन्। ‘अन द स्पट कारबाही’लाई द्रुत गतिले अगाडी बढाउन स्थानिय स्तरबाटै जनताको साथ चाहिने उनको भनाइ छ।

प्रदेश ५ का धेरै स्थान सीमानाकासँग जोडिएको र सीमामा तस्करी तथा अवैध रुपमा नदीजन्य वस्तुहरु निकासी भइरहेको भन्दै उनले कारवाही अभियान चलाउन प्रहरीलाई समेत निर्देशन दिएका छन्। मन्त्री केसीले यहाँका वरिष्ट प्रहरी उपरीक्षक दीपक थापालाई अवैध तस्करी र कालोबजारी गर्नेलाई कडाईका साथ कारवाही गर्न निर्देशन दिए। 

‘अभियान तत्काल थाल्न निर्देशन दिएको छु, अब सबै अवैध काम ठेगान लाग्नेछ,’ उनले भने । आफु प्रदेश ५ को समृद्धिको पक्षमा रहेकाले सिमा नाकासँग जोडिएको प्रदेशमा अब कसैको गुण्डागर्दी, हरेक किसिमका चोरी, निकासी, पैठारी र समाजलाई नकारात्मक दिशातिर लैजाने कामलाई छिट्टै हटाउन आफु दिनरात लाग्ने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell