PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

संसदमा कसरी प्रस्तुत हुने? कांग्रेसले थाल्यो प्रशिक्षण



पहिलोपोस्ट

संसदमा कसरी प्रस्तुत हुने? कांग्रेसले थाल्यो प्रशिक्षण
फोटो: निमा लामा

काठमाडौं : नेपाली कांग्रेसले संघीय सांसद र र प्रदेश सांसदका लागि संसदीय अभ्यासबारे सुसूचित पार्न आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

सांसदमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको कांग्रेसले आफ्ना सांसदहरुलाई संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रशिक्षण राखेको हो।

कार्यक्रम सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् भने महामन्त्री शशांक कोइरालाले स्वागत गरे। वरिष्ठ नेता रामचन्द्र पौडेलले विषय प्रवेश मन्तव्य राखेपछि प्रशिक्षण सुरु भएको छ।

अहिले संसद सचिवालयका पूर्व सचिव ठाकुरप्रसाद बरालले प्रशिक्षण दिइरहेका छन्। उनले संसदमा कसरी प्रस्तुत हुने शून्य समय, विशेष समय र कुन बेला बोल्न हुन्छ, कुन बेला बोल्न हुँदैन, भन्ने विषयमा प्रशिक्षण दिइरहेका छन्।

उनीपछि डा मिनेन्द्र रिजाल, डा रामशरण महत, डा प्रकाशशरण महत र विमलेन्द्र निधिको सेसन रहने कांग्रेस केन्द्रीय कार्यालयका सूचना अधिकृतक केशव रिजालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell