PahiloPost

Jun 15, 2026 | १ असार २०८३

विमान दुर्घटना : युएस बंगलाका पाइलट अबिदले विमान उडाउनुअघि नै दिएका थिए राजीनामा!



पहिलोपोस्ट

विमान दुर्घटना : युएस बंगलाका पाइलट अबिदले विमान उडाउनुअघि नै दिएका थिए राजीनामा!

काठमाडौं : सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बंगला एयरका चालकले विमान उडाउनु अघि नै राजीनामा दिएको खुलेको छ।

चालक अबिद सुल्तानले इमेलमार्फत् राजीनामा दिएको उनका नजिकका साथीलाई उद्धृत गर्दै बंगलादेशको समाचार अनलाइनलाई प्रोथोमलोले जनाएको छ।

'अबिदले नेपाल उड्नुअघि नै युएस बंगलालाई इमेलमार्फत् राजीनामा दिएका थिए,' उनका साथीले भने। तर, उनको राजीनामा स्वीकृत नभएको उनका स्पष्ट पारेका छन्। युएस बंगला एयरका पब्लिक रिलेसन सेक्सनका प्रबन्ध निर्देशक कमरुल इसलामले भने राजीनामाबारे प्रशासनलाई जानकारी नभएको बताएका छन्।

अबिदका साथीकाअनुसार युएस बंगलाका उच्च अधिकारीले दुई महिनाअघि राजीनामा दिएर इथोपियन एअरलायन्समा गएको बताएका छन्।
अबिदले  सन् २०१५ को मे ६ बाट पाइलटका रुपमा युएस बंगलामा प्रवेश गरेका थिए। उनी सन् १९८४ मा बंगलादेश एअरफोर्समा आवद्ध भएका थिए। २० वर्षे सेवाअवधि सकेपछि उनी निजी विमान कम्पनीमा प्रवेश गरेका थिए।

दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु सवार रहेका थिए। विमानमा सवार चालक दलका चार सदस्यसहित ५१ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell