PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

प्रधानमन्त्री ओली र बंगलादेशका उडड्यन मन्त्रीबीच भेट  



पहिलोपोस्ट

प्रधानमन्त्री ओली र बंगलादेशका उडड्यन मन्त्रीबीच भेट  

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहाजहाँ कमालले भेटेका छन्।

प्रधानमन्त्री ओलीले सोमबार भएको यूस बंगलाको विमान दुर्घटनालाई दुखद भएको बताए। मन्त्री कमालले नेपाल सरकारले  विमान दुर्घटनापछि घाइतेको उद्दार र उपचारमा देखाएको सक्रियताको प्रशंशा गरे। नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेजले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेका थिए।

प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री,सरकार र जनतालाई समवेदना सहित सहानुभुति प्रकट गरे। प्रधानमन्त्री ओलीले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी दिए। आयोगले प्रतिवेदन बुझाएपछि घटनाको सत्यतथ्य बाहिर आउने प्रधानमन्त्री ओलीको भनाइ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell