PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

राष्ट्रिय खुल्ला महिला भलिबल : न्यू डायमण्ड र पुलिस विजयी



पहिलोपोस्ट

राष्ट्रिय खुल्ला महिला भलिबल : न्यू डायमण्ड र पुलिस विजयी

काठमाडौं : ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ अन्तर्गत  बुधबार भएको खेलमा शिवम् न्यू डायमण्ड एकेडेमी काठमाडौं र नेपाल पुलिस क्लब विजयी भएका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित भलिबल कोर्टमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लब काठमाडौंलाई २५–९, २५–३, २५–१९ को सेटमा हरायव। खेलमा पुलिसकी कामना विष्ट प्लेयर अफ द म्याच भइन्।

यसैगरी न्यू डायमण्ड एकेडेमीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुरलाई २५–१, २५–३, २५–१० को टमा पराजित गरेको छ। उक्त खेलमा न्यू डायमण्डकी कृपा अधिकारी प्लेयर अफ द म्याच भएकी छन्।

जितपछि न्यू डायमण्ड र पुलिससँगै एपीएफ र आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell