PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

युनिभर्सिटी क्रिकेट कप : गोल्डेनगेट र डिएभी सेमिफाइनलमा



पहिलोपोस्ट

युनिभर्सिटी क्रिकेट कप : गोल्डेनगेट र डिएभी सेमिफाइनलमा

काठमाडौं : गोल्डेनगेट इन्टरनेशनल कलेज र डिएभी कलेज कीर्तिपुरमा भइरहेको दोस्रो युनिभर्सिटी कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

बुधवार भएको क्वाटरफाइनलमा गोल्डेनगेटले जनता कलेज तथा डिएभीले शंकरदेव क्याम्पसलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्। यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ।

शुक्रवार हुने खसेमिफाइनलमा टीयू र कसमस तथा गोल्डेनगेट र डिएभी कलेजबीच प्रतिस्पर्धा हुनेछ।

रवि कुमार शाहले अलराउण्ड प्रदर्शन गरेपछि गोल्डेनगेटले जनतालाई ६२ रनले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेनगेटले भुपेन्द्र थापाको अर्धशतक मद्दतमा निर्धारित २० ओभर खेल्दै ५ विकेट खेल्दै १७१ रन बनाएको थियो। ४५ बल खेलेका भुपेन्द्रले ३ चौका र ४ छक्काको मद्दतमा ५७ रन बनाए। यस्तै सन्जय श्रेष्ठले २६ बल खेल्दै समान ३ चौका र २ छक्काको मद्दतमा ४२ रन जोडे। २७ बल खेलेका रविले समान २ चौका र छक्काको मद्दतमा नटबउ६ ४२ रन जोडे।

१७२ रनको लक्ष्य पछ्याएको जनता कलेजले पुरै ओभर खेल्दै ४ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो। जनताका लागि अंकित आरजे र निराजन केसीले समान २६ रन बनाए।

बलिङमा गोल्डेनगेटमा रवि शाहले ३ ओभर बलिङ गर्दा ५ रन मात्र दिएर २ विकेट लिए।

यस्तै अर्को खेलमा डिएभीले शंकरदेवलाई ८ विकेटले हरायो। टस हारेर पहिले ब्याटिङ गरेको शंकरदेवले ५ विकेट गुमाएर १६८ रन बनाएको थियो। उसका लागि प्रदिप ऐरीले नटआउट ५० रन बनाए भने सुनिल धमला र आयुषमान बामले समान ४४ रन जोडे। बलिङमा डिएभीका दिलिप यादव र सुमित झाले २-२ विकेट लिए।

जवाफमा आदिल खानले ७७ रन बनाएपछि डिएभलीले १५.३ ओभरमै २ विकेट गुमाए १७२ रन बनाउँदै लक्ष्य पुरा गर्‍यो। ३५ बल खेलेका आदिलले ५ चौका र ६ छक्का प्रहार गरे। उनले २० बलमै अर्धशतक पुरा गरेका थिए। यस्तै गौरव खड्काले २२ रन जोडे भने सन्जय बस्नेतले ३६ तथा सुमित महर्जनले ३८ रन बनाए। दुवै नटआउट रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell