PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

गौशालामा गुन्डा नाइकेका रुपमा बदनाम कांग्रेस नेता गणेश लामा पेस्तोलसहित पक्राउ



सविन ढकाल

गौशालामा गुन्डा नाइकेका रुपमा बदनाम कांग्रेस नेता गणेश लामा पेस्तोलसहित पक्राउ
फाइल फोटो

काठमाडौँ : राजधानीको गौशालाबाट प्रहरीले गुन्डा नाइकेका रुपमा बदनाम कांग्रेस नेता गणेश लामालाई पक्राउ गरेको छ।
 
उनलाई ६ राउन्ड गोली र पेस्तोलसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी मोहन थापाले बताए। लामालाई अहिले गौशाला चौकीमा राखिएको छ। 

प्रहरीका अनुसार गौशालाको एउटा होटलमा बुधबार राति गोली चलेको थियो। 

विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रहेका लामा पार्टी कांग्रेसमा विलय भएसँगै रुख चिह्न लिएर प्रदेश सभाको चुनावी मैदानमा उत्रेका थिए। 

काभ्रेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए।

अकूत सम्पत्ति कमाएको अभियोगमा जेलमा रहेका लामा संविधानसभामा उम्मेद्‍वारी दिएको भोलिपल्टै ३ करोड रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए। मुद्दा विशेष अदालतमा अझै जारी छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell