PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

च्याम्पियन्स लिग : चेल्सीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा, मेसीको दुई गोल



पहिलोपोस्ट

च्याम्पियन्स लिग : चेल्सीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा, मेसीको दुई गोल

लियोनल मेसीले दुई गोल गरेपछि घरेलु मैदानमा भएको दोस्रो लेगमा ३-० को जित हात पारेको बार्सिलोना इंगलिस क्लब चेल्सीलाई समग्रतमा ४-१ ले पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

घरेलु मैदान नोक्याम्पमा बार्सिलोनालाई शानदार जित दिलाउन मेसीले खेलको तेस्रो र ६३औँ मिनेटमा गोल गरे। यस्तै २०औँ मिनेटमा ओसमान डेम्बेलेले एक गोल गरे।

चेल्सीको मैदानमा भएको पहिलो ले १-१ को बराबरीमा सकिएको थियो।

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको यो लगातार ११औँ तथा समग्रमा १५औँ पटक हो।

चेल्सी विरुद्ध २ गोल गरेसँगै च्याम्पियन्स लिगमा मेसीको १०० गोल पुरा भएको छ। मेसीले १२३ खेल खेल्दै उक्त उपलब्धी हासिल गरेका हुन्। यसअघि रियल मड्रिडका रोनाल्डोले उक्त सफलता हात पारिसकेका छन्।  रोनाल्डोले १४८ खेलमा ११७ गोल गरिसकेका छन्।

बार्सिलोना यस सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने तेस्रो स्पानिस क्लब हो भने चेल्सी प्रिक्वाटरफाइनलबाट तेस्रो इंगलिस क्लब हो। स्पेनबाट रियल मड्रिड र सेभियाले अन्तिम आठमा स्थान बनाइसकेका छन्।

उता पाँच इंगलिस क्लब प्रिक्वाटरफाइनलमा पुगेपनि लिभरपुल र म्याचेष्टर सिटी मात्र क्वाटरफाइनल पुग्न सफल रहे। म्यानचेष्टर युनाइटेड, टोटनहम र चेल्सी भने बाहिरिएका छन्।

यस्तै टर्किस क्लब बेसिकटासलाई समग्रमा ८-१ ले पराजित गर्दै जर्मन क्लब वायर्नु म्युनिख वाटरफाइनल पुगेको छ। पहिलो लेगमा ५-० को जित हात पारेको वायर्नले दोस्रो लेगमा बेसिकटासलाई ३-१ ले हरायो। वायर्नुका लागि थियागो अलकाटारो र सान्ड्रो वागनरले एक-एक गोल गरे बेसिकटासका गोखनले एक आत्मघाती गोल उपहार दिए। भगनेर लभले बेसिकटासका लागि एक सान्त्वना गोल फर्काए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell