PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

वर्ल्डकप क्वालिफायरः नेपाल र पिएनजी भिड्दै, दुबैको लक्ष्य जित



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायरः नेपाल र पिएनजी भिड्दै, दुबैको लक्ष्य जित

काठमाडौँः आइसीसी वल्र्डकप क्वालिफायरको प्लेअफ अन्तर्गत आज नेपाल र पपुवा न्यु गिनी प्रतिस्पर्धा गर्दैछन्। जिम्बावेको हरारेमा आज दिउँसो हुने खेलमा दुबै टिम जितको लक्ष्य लिएर मैदानमा उत्रदैछन्। आजको जितले दुबै टिमका लागि एक दिवसीय मान्यता पाउने ढोका जीवितै राख्नेछ। खेलमा हार्ने टिम भने डिभिजन दुईमा घटुवा हुनेछ। 

नेपाल समूह बी मा चौथो तथा पिएनजी समूह बी मा पाँचौ हुँदै प्लेअफका लागि छनोट भएका थिए। 

यस्तै बिहीबारै अर्को प्लेअफमा समूह ए को चौथो नेदरल्याण्ड्स र समूह बी को पाँचौ हङकङ भिड्दैछन्। नेपाल र पिएनजी जस्तै हङकङको लक्ष्य पनि ओडिआई स्ट्याटस हात पार्नु नै रहेको छ।

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप जितेका कारण नेदरल्याण्ड्सको ओडिआई स्ट्याटस पक्का भएको छ। प्लेअफमा पराजित भए पनि त्यसले नेदरल्याण्ड्सलाई कुनै असर गर्नेछैन। त्यसैले बाँकी तीन टोलीका लागि क्रस प्लेअफ जित्नैपर्ने दबाब छ।

नेपालले पिएनजीलाई पराजित गर्ने र हङकङ नेदरल्याण्ड्ससँग पराजित भएमा नेपालले सातौँ स्थानको लागि प्लेअफ खेल्नुअघि नै ओडिआई स्टयाटस हात पार्नेछ। पिएनजीको हकमा पनि त्यही लागु हुनेछ। 

हङकङले नेदरल्याण्ड्सलाई पराजित गरेमा हङकङ तथा नेपाल र पिएनजीबीचको विजेताले ओडिआई स्ट्याटस प्राप्त गर्नेछ।

नेपाल र पिएनजीले समूह चरणमा राम्रो प्रदर्शन गरे पनि सुपर सिक्समा स्थान बनाउन पर्याप्त रहेन। नेपालको समूहबाट अफगानिस्तान, नेपाल र हङकङले समान १ खेल जित्दै २ अंक जोडे पनि रनरेटमा अगाडि रहदै अफगानिस्तान सुपर सिक्स पुगेको हो। उता पिएनजीले समूह चरणमा खेलेका सबै खेलमा हारेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell