PahiloPost

Nov 5, 2025 | २० कात्तिक २०८२

सर्वोच्चमा कसले तोक्छ पेशी? पराजुली र जोशी दुबैको हातमा मुद्दाका रोष्टर



पहिलोपोस्ट

सर्वोच्चमा कसले तोक्छ पेशी? पराजुली र जोशी दुबैको हातमा मुद्दाका रोष्टर

काठमाडौँः न्याय परिषदले सात महिनाअघि नै प्रधानन्यायाधीश पराजुलीले अवकाश पाइसकेको पत्र बुधबार दियो। तर, पत्र गैरकानुनी भन्दै पराजुलीले त्यसको वैधानिकतामाथि प्रश्न उठाए। न्यायलय पत्रका विषयमा दुई भागमा बाँडियो। 
केही न्यायाधीशले न्याय परिषद् सचिवको पत्रलाई स्वभाविक मानेका छन्। कतिपयले क्षेत्रधिकार बाहिरको निर्णय भनेका छन्। 
सर्वोच्च न्यायलय दुई कित्तामा विभाजित हुँदा सेवाग्राही अन्योलमा परेका छन्। सेवाग्राही मात्र हैन दैनिक पेशीसूची कसले तोक्ने भन्नेमै विवाद छ। 


पेशी कसले तोक्ने

सर्वोच्चको दैनिक पेशीको विवरण प्रधानन्यायाधीश पराजुलीसँग छ। सरकारी निवासबाटै बिहान पेशी तोकेर प्रधानन्यायाधीश अदालत आउने प्रचलन छ। प्रधानन्यायाधीशले गरेको मुद्दा विभाजन अनुसार न्यायाधीशले मुद्दा हेर्छन।

परिषदले पत्र दिए पनि आफू वैधानिक प्रधानन्यायाधीश भएको भन्दै अदालतमा उपस्थित भई पेशी तोक्ने जानकारी पराजुलीले बुधबार नै दिइसकेका छन्। 

तर, बिहीबारको हकमा मुद्दाको रोष्टर वरिष्ठतम न्यायाधीश दीपकराज जोशीसँग पनि छ। बुधबार न्याय परिषदको पत्राचारपछि सर्वोच्चको मुद्दा महाशाखाका कर्मचारीले मुद्दाको विवरण जोशीलाई पनि दिएका छन्। 

पेशी विवादले र कुन पेशी कार्यान्वयन गर्ने कर्मचारीमा अन्योल छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell