काठमाडौँः अन्योलका बीच सर्वोच्चको दैनिक पेशी वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले तोकेका छन्। न्याय परिषद सचिवालयले बुधबारमात्रै प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकाश पत्र थमाएको थियो। पराजुलीले वैधानिक प्रधानन्यायाधीश अाफैं भएको दावी गरे पनि पत्र अनुसार सर्वोच्च प्रशासनले जाेशीलाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिएको हो।
आज सबै न्यायाधीशलाई पेशी तोकिएको छ।
सोमबारदेखि मुद्दा नपाएका न्यायाधीश चोलेन्द्र शमशेर जवराले पनि मुद्दा पाएका छन्। बिदाका लागि निवेदन दिएका अाठै जना न्यायाधीशको पनि इजलास तोकिएको छ। पराजुलीसँग मतभेद भएपछि अाठ न्यायाधीशले बिहीबारदेखि ५ दिन बिदा बस्ने निवेदन दिएका थिए। बिदा भने स्वीकृत भएको थिएन।
के थियो प्रधानन्यायाधीश प्रकरण पढ्नुस् सबै समाचारः-
- संयोग कि इबी : प्रधानन्यायाधीशलाई अवकाश दिने पत्र लेख्ने निरौला र पराजुलीबीचको अप्ठेरो सम्बन्ध
- सर्वोच्चमा कसले तोक्छ पेशी? पराजुली र जोशी दुबैको हातमा मुद्दाका रोष्टर
- एघार सालको जन्ममिति कायम गर्ने हो भने त अरू एक वर्ष बढ्ता खान्छु : गोपाल पराजुली
- न्यायपरिषद्ले आज किन लेख्यो प्रधानन्यायाधीश पराजुलीको पद सकिसकेको पत्र?
- राष्ट्रपतिलाई सपथ खुवाउनुअघि नै प्रधान न्यायाधीश पराजुली 'पदमुक्त'
- प्रधान न्यायाधीशलाई 'असहयोग गर्न' ८ न्यायाधीशले मागे 'घर विदा'
- विभाजित न्यायाधीशलाई दवाव दिन उत्रिए कर्मचारी संगठन
- 'भद्र विद्रोह'मा उत्रिए थप न्यायाधीश; हेरेनन् मुद्दा, पराजुलीमाथि थप दवाव
- न्यायाधीश राणाको 'विद्रोह'पछि अरु न्यायाधीशहरुको पराजुलीलाई सुझाव : विदामा बस्नुस्