PahiloPost

Jun 15, 2026 | १ असार २०८३

भारतको थिएटर ओलम्पिकमा मण्डला थिएटर

भारतको थिएटर ओलम्पिकमा मण्डला थिएटर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: भारतमा जारी आठौँ थिएटर ओलम्पिकमा मण्डला थिएटरले प्रस्तुति गर्ने भएको छ। राजन खतिवडाको निर्देशनमा बनेको नाटक ‘एन्टिगोनी’ थिएटरमा सहभागी हुन लागेको हो।

बिराटनगर हुँदै सुरु भएको नाटकको यात्रा भारतको गुवाहाटी, नयाँ दिल्ली र पोखराबाट काठमाडौँ फर्किने छ। बिराटनगरमा मंगलबारबाट सुरु भएको नाटकको प्रदर्शन हरेक दिनको दुई सो गर्दै बिहीबार सकिएपछि टोली भारततर्फ लाग्नेछ।

आजभन्दा २५ सय वर्षभन्दा पहिला ग्रिसमा सोफोक्लिसले लेखेको दुःखान्त नाटकले आफ्नो वरपरको अवस्थालाई सही मूल्याङ्कन गर्न नसक्दा गलत निर्णय लिन पुगेको एक राजाले कसरी महत्त्वपूर्ण चिजहरू गुमाउँदै गए भन्ने कथा देखाएको छ। साथै यसले एक एक बहिनी ‘एन्टिगोनी’ ले राजाको आदेश नमानेर भगवानको आदेश मान्छु भन्दै विद्रोह गरेको कथा नाटकमा समेटिएको निर्देशक राजन खतिवडाले जानकारी दिए।



ट्रेन्डिङ पोस्ट

Ncell