PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु



पहिलोपोस्ट

पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लाबारीः मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च ३२२ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४० वर्षीय रमेश लिम्बूको मृत्यु भएको हो। पिकअपको ठक्करबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि स्थानीय पथरी हस्पिटल पुर्‍याउने बित्तिकै मृत्यु भएको थियो।

ठक्कर दिने पिकअप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell