PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

राष्ट्रपति भण्डारीद्वारा शहीदलाई श्रद्धाञ्जली



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीद्वारा शहीदलाई श्रद्धाञ्जली

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दोस्रो कार्यकाल सुरु भएको सन्दर्भमा आज बिहान लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी माल्यार्पण गरेकी छन्।

राष्ट्रपति भण्डारी शहीदप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्न त्यहाँ पुग्दा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए।

नवनिर्वाचित राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका लागि बुधबार पद तथा गोपनीयताको शपथ लिएकी थिइन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell