PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

भारतीय भन्दा नेपाली खुशी, विश्वमा १०१ औँ स्थानमा नेपाल



पहिलोपोस्ट

भारतीय भन्दा नेपाली खुशी, विश्वमा १०१ औँ स्थानमा नेपाल
File Photo

काठमाडौँः नेपाल खुशी देशहरुको सूचीमा १०१ औँ स्थानमा परेको छ। वर्ल्ड ह्याप्पीनेस रिपोर्ट २०१८ मा १५६ वटा देशहरुको सूचीमा नेपाल १०१ औँ स्थानमा परेको हो। 

नेपालले ह्याप्पीनेस स्कोर ४.८८० पाएको छ। कुल ग्राह्स्थ उत्पादन, सामाजिक सद्भाव, स्वस्थ जीवनयापन, उदारता र भ्रष्टाचारप्रतिको धारणालाई लिएर गरिएको अध्ययनमा नेपाल १०१ औँ स्थानमा परेको हो। सन् २०१४–१६ मा नेपाल यो सूचीको ९९ औँ स्थानमा थियो। 

यो सूचीमा सबैभन्दा अगाडि फिनल्याण्ड रहेको छ। अघिल्लो वर्ष पहिलो खुशी मुलुकको सूचीमा पहिलो स्थानमा रहेको नर्वेलाई पछाडि पार्दै यसवर्ष फिनल्याण्ड पहिलो स्थानमा उक्लिएको हो। 

दक्षिण एसियामा सबैभन्दा कम खुशी देश अफगानस्तान र भारत देखिएका छन्। अफगानस्थान सूचीको १४५ औँ स्थान र भारत १३३ औँ स्थानमा रहेको छ। 

दक्षिण एसियामा सबैभन्दा खुशी मुलक पाकिस्तान रहेको रिपोर्टमा उल्लेख छ। उसले ७५ औँ स्थानमा रहेको पाकिस्तानले ५.४७२ अंक पाएको छ। त्यस्तै भुटान दक्षिण एसियामा दोस्रो खुशी मुलुकमा दर्ता भएको छ। भुटान सूचीको ५.०८२ अंकका साथ ९७ औँ स्थानमा रहेको छ। 

त्यस्तै बंगलादेश ११५ औँ र श्रीलंका ११६ औँ स्थानमा रहेको छ। नेपालको अर्को छिमेकी चीन ८६ औँ स्थानमा रहेको छ। उसले ५.३४६ अंक प्राप्त गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell