PahiloPost

Jun 15, 2026 | १ असार २०८३

'शत्रु गते' मोफसल यात्राको केही झलक

'शत्रु गते' मोफसल यात्राको केही झलक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: फिल्म ‘शत्रु गते’ ले मोफसल टुर सकेको छ। चैत ९ गतेबाट प्रदर्शनमा आउने फिल्मको बारेमा जानकारी गराउन तथा दर्शकसँग प्रत्यक्ष अन्तरक्रियाको लागि फिल्म युनिट काठमाडौं बाहिरको शहरहरुको यात्रामा थियो। 

'मह शत्रु गते यात्रा’ नाम दिइएको टुरमा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य, प्रस्तुतकर्ता किरण केसी, अभिनेत्री दीपाश्री निरौला, शिवहरि पौडेल, पल शाह र आँचल शर्मा सहभागी थिए। फागुन २३ मा हेटौंडाबाट सुरुवात भएको टुर २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक हुँदै ३० गते इटहरी पुगेर सकिएको हो।

फिल्म शत्रु गतेमा हरिवंश आचार्यको कथा रहेको छ। पटकथालाई निर्देशक प्रदिप भट्टराई र दीपकराज गिरीले मिलेर लेखेका हुन्। त्यस्तै संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन्। दिर्घ गुरुङले खिचेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पल शाह, प्रियंका कार्की, बसुन्धरा भुषाल, आँचल शर्मा, शिवहरी पौडेल लगायतको अभिनय रहेको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell