PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

च्याम्पियन्स लिगमा मेसीको सय गोल पुरा



पहिलोपोस्ट

च्याम्पियन्स लिगमा मेसीको सय गोल पुरा

बार्सिलोनाका अर्जैन्टाइन स्टार लियोनल मेसीले युरोपियन च्याम्पियन्स लिगमा १०० गोल गरेका छन्। बुधवार भएको चेल्सी विरुद्धको खेलमा २ गोल गर्दै मेसीले उक्त कोसेढुंगा पार गरे। र मेसी यस्तो सफलता हात पार्ने दोस्रो खेलाडी हुन्।

३० वर्षीय मेसीले १२३ खेल खेल्दै १०० गोल गरेका हुन्। रोनाल्डोले उक्त उपलब्धी हासिल गर्न १४४ खेल खेलेका थिए।

मेसीले सन् २००५ मा ग्रीक क्लब पानाथिनाइकोस विरुद्ध पहिलो च्याम्पियन्स लिग गोल गरेका थिए भने सन् २०१५ मा एसी मिलान विरुद्ध ५०औँ गोल गरेका थिए।

च्याम्पियन्स लिगमा मेसीले रोनाल्डोसमान ७ ह्याट्रिक गरेका छन्।  

 

मेसीले कसरी गरे गोल?

राइट फुट : १६

लेफ्ट फुट : ६०

हेडर : ४

 

कुन चरणमा कति गोल?

समूह चरण : ६०

प्रिक्वाटरफाइनल : २१

क्वाटरफाइनल : १०

सेमिफाइनल : ४

फाइनल : ५


नम्बरमा मेसी:

च्याम्पियन्स लिगमा १० सर्वाधिक गोलकर्ता

११७ : क्रिस्टियानो रोनाल्डो

१०० : लियोनल मेसी

७१ : राहुल

५६ : रुड भान निस्टोरलय

५३ : करिम बेन्जामा

५० : थिएर हेनरी

४८ : ज्लाटन इब्राहिमोभिच

४८ : आन्द्रे शेभचेनको

४६ : फिलिपो इन्जाघी

४५ : रोवर्ट लेवान्डास्की

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell