PahiloPost

Jun 15, 2026 | १ असार २०८३

उपसभामुखको उम्मेदवार छान्न काँग्रेस संसदीय दलको बैठक सिंहदरबारमा



पहिलोपोस्ट

उपसभामुखको उम्मेदवार छान्न काँग्रेस संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं : उपसभामुखको उम्मेदवार टुंगो लगाउन प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा सुरू भएको छ। 

उपसभामुखको उम्मेदवार छान्न कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको संसदीय दलका उपनेता विजयकुमार गच्छदारले जानकारी दिए। 

उपसभामुखको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेसम्मको समय तोकिएको छ। निर्वाचन शुक्रबार हुनेछ ।

वाम गठबन्धनको भागवण्डामा सभामुख माअोवादी केन्द्र र उपसभामुख एमालेको भागमा परेको थियो। सभामुखमा माअोवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्वाचित भएर कार्यभार समालिसकेका छन्। 

सभामुखमा उम्मेदवारी नदिएको काँग्रेसले उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell