PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

राष्ट्रपति भण्डारीलाई भारतीय समकक्षी कोविन्दको शुभकामना



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीलाई भारतीय समकक्षी कोविन्दको शुभकामना

काठमाडौँः भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पदमा पुनःनिर्वाचित भएकोमा बधाई दिएका छन्। 

गत मंगलबार भएको निर्वाचनमा राष्ट्रपति भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन्। भण्डारीले बुधबार नै पद तथा  गोपनीयताको सपथ लिँदै कार्यभार सम्हालेकी थिइन्। 

राष्ट्रपतिमा निर्वाचित भएकोमा भारतीय समकक्षी कोविन्दले शुभकामना दिँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन्। साथै उनले आगामी दिनमा दुई देश र जनताको साझा लाभका लागि मिलेर काम गर्ने प्रतिवद्धता समेत नजाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell