PahiloPost

Jun 15, 2026 | १ असार २०८३

उपसभामुखमा एमाले नेतृ तुम्बाहाङ्फेको उम्मेदवारी दर्ता



पहिलोपोस्ट

उपसभामुखमा एमाले नेतृ तुम्बाहाङ्फेको उम्मेदवारी दर्ता
फोटोः रवीन्द्र अधिकारीको ट्वीटरबाट

काठमाडौँः एमाले नेतृ डा. शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन्। 

संघीय संसद भवन वानेश्वरमा पुगेर उनले प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन्। 

उनको प्रस्तावकमा माअोवादी केन्द्रका नेता देव गुरूङ र समर्थकमा एमाले नेता रवीन्द्र अधिकारी रहेका छन्। 

बाम गठबन्धनको बहुमत रहेको संसदमा यसअघि सभामुखमा माअोवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध भएका छन्। 

सभामुखमा उम्मेदवारी नदिएको संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपसभामुखमा भने उम्मेदवारी दिएको छ। कांग्रेस नेतृ पुष्पा भुसालले समेत उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन्। 

संवैधानिक व्यवस्था अनुसार सभामुख र उप सभामुखमा फरक फरक लिंगी हुनुपर्ने व्यवस्था भएकाले उप सभामुखमा महिला सभासदको मात्रै  उम्मेदवारी परेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell