
काठमाडौं : जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा नेपालले अहिले पिएनजीसँग खेलिरहेको छ। टस जितेर नेपालले पहिले फिल्डिङ रोज्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।
नेपालले पिएनजीको ३ विकेट झारिसकेको छ। सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभरमा पिएनजीका चाड सुपरलाई आउट गरेका छन्। लामिछानले १३औँ ओभरको चौथो बलमा सुपरलाई एलबीडब्लु आउट गरेका हुन्।