PahiloPost

Jun 15, 2026 | १ असार २०८३

विमान दुर्घटनामा मर्नेको स्मृतिमा दीप प्रज्वलन

विमान दुर्घटनामा मर्नेको स्मृतिमा दीप प्रज्वलन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बंगलादेशबाट आएको युएस बंगला एअरको विमान काठमाडौंमा अवतरणका क्रममा दुर्घटना हुँदा मृत्यु भएकाको स्मृतिमा बुधवार माइतीघर मण्डला दीप प्रज्वलन गरियो।

इक्यानको आह्वानमा गरिएको दीप प्रज्वलनमा उपस्थितहरुले विमान दुर्घटनामा परी ज्यान गुमाएकाको आत्माको चीर शान्तिको कामना गरेका थिए। साथै उनीहरुले आगामी दिनमा विमान दुर्घटनाका समाचार पढ्न नपरोस् भन्ने कामनासहितका प्ले कार्ड बोकेका थिए।  

बंगलादेशबाट काठमाडौं आउँदै गरेको युएस बंगला एअरको विमान अवतरणको क्रममा दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो। विमानमा चालक दलका सदस्यसहित ७१ सवार थिए।


ट्रेन्डिङ पोस्ट

Ncell