
काठमाडौं : जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा नेपालले अहिले पिएनजीसँग खेलिरहेको छ। टस जितेर नेपालले पहिले फिल्डिङ रोज्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।
नेपालले पिएनजीको ४ विकेट झारिसकेको छ। सन्दीप लामिछानेले आफ्नो तेस्रो ओभरमा पनि विकेट लिएका छन्। सन्दीपले १५औँ ओभरको अन्तिम बलमा पिएनजीका सेस बाउलाई बोल्ड आउट गरेका हुन्।
पिएनजीले १५ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको छ।