
काठमाडौं : जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा नेपालले अहिले पिएनजीसँग खेलिरहेको छ। टस जितेर नेपालले पहिले फिल्डिङ रोज्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।
नेपालले पिएनजीको ५ विकेट झारिसकेको छ। सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र करण केसीले १-१ विकेट लिएका छन्।
सन्दीपले १७औँ ओभरको पहिलो बलमा महुरु दाईको विकेट लिएका हुन्। त्यसअघि उनले चाड सुपर सेस बाउको विकेट लिएका थिए।
पिएनजीले १७ ओभरमा ५ विकेट गुमाएर ६९ रन बनाएको छ।