PahiloPost

Jun 15, 2026 | १ असार २०८३

राष्ट्रपति भण्डारीलार्इ चिनियाँ समकक्षीको बधार्इ सन्देश



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीलार्इ चिनियाँ समकक्षीको बधार्इ सन्देश

काठमाडौँः राष्ट्रपति विद्या देवी भण्डारीलाई चिनियाँ राष्ट्रपति सी जिङ पिङले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। 

दोस्रो कार्यकालका लागि मंगलबार निर्वाचित भएकी भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरिसकेकी छन्। 

चिनियाँ राष्ट्रपति सीले शुभकामना सन्देश पठाउँदै नेपाल र चीन नजिकका छिमेकी भएको बताएका छन्। उनले चीनले सँधै नेपाली जनताको स्वतन्त्रातालाई सम्मान गर्ने भन्दै नेपालको विकासमा सँधै सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन्।  

चिनियाँ राष्ट्रपति सीले भण्डारी र नयाँ सरकारको नेतृत्वमा नेपालले सम्वृद्धिको दिशामा अगाडि बढ्ने अभूतपूर्व उपलब्धि हासिल गर्ने विश्वास समेत व्यक्त गरेका छन्। 

चिनियाँ राष्ट्रपति सीले दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पु्र्‍याउनुपर्ने आवश्यकता समेत औल्याएका छन्।

यसअघि बुधबार नै चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले राष्ट्रपति भण्डारीलार्इ बधार्इ दिँदै दुर्इ देशको साझा स्वार्थका विषयमा नेपाल सरकारसँग साझेदारी गरेर अगाडि बढ्ने बताएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell